मनसुनजन्य विपत्तिको जोखिम रोक्न आवश्यक पूर्वतयारी थाल्नुस् : मन्त्री थापा | Khabarhub Khabarhub

मनसुनजन्य विपत्तिको जोखिम रोक्न आवश्यक पूर्वतयारी थाल्नुस् : मन्त्री थापा


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद रोक्ने उपायको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आवश्यक पूर्वतयारी थाल्न निर्देशन दिएको हो ।

बैठकमा मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिए ।

“मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले भने ।

गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले आग्रह गरे ।

बैठकमा प्रस्तुत भएको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास भएको गृह मन्त्रालयले जनाएको छ ।

आएका योजना उपयुक्त रहेकाले त्यसको कार्यान्वयनमा लाग्नुपर्नेमा मन्त्री थापाको जोड छ ।

उनले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरिए पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्नेमा आवश्यकता औँल्याए ।

बैठकमा मन्त्री थापाले भने, “एउटा सरकारीस्तरबाट तयारी गर्नुपर्छ, अर्काे प्रदेश र स्थानीय तहले तयारीका साथ आ–आफ्नो जिम्मेवारी लिन जरुरी रहेको छ, त्यसका साथै गैरसरकारी निकायको पनि भूमिका छ ।”

यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्नुपर्नेमा मन्त्री थापाले जोड दिए ।

मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : १६ बजे

आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आजदेखि एसइई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत

आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत