सैनिक मुख्यालयमा पृतनापति सम्मेलन शुरु « Khabarhub

सैनिक मुख्यालयमा पृतनापति सम्मेलन शुरु


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भावी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा आजदेखि पृतनापति सम्मेलन शुरु भएको छ ।

उक्त सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती गरिनेछ ।

सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भावी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ । सेनाले प्रत्येक छ-छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ । यो सम्मेलन आइतबार सकिनेछ ।

सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पुर्‍याउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : २० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट