अनुष्का बन्दैछिन् आमा, चाँडै हुनेछ बेबी शावरको कार्यक्रम « Khabarhub

अनुष्का बन्दैछिन् आमा, चाँडै हुनेछ बेबी शावरको कार्यक्रम


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराट कोहली र अनुष्का शर्माले २०१७ को डिसेम्बर ११ मा विवाह गरेका थिए । विवाह इटलीमा भएको थियो । विवाहमा उनीहरुका नजिकका आफन्त सहभागी भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरुमा पछिल्ला दिन अनुष्का शर्मा आमा बन्न लागेको समाचारहरु चर्चामा छन् । पछिल्लो समय अनुष्का र विराटले सार्वजनिक गरेको फोटो समेत पुरै शरीर देखिने खालको नभएका कारण फ्यानहरु र फिल्म उद्योगमा यसबारे थप चर्चा चलेको हो ।

अंग्रेजी वेवसाइट डीएनएलाई उदृत गर्दै सार्वजनिक भएको समाचारमा अनुष्का र विराटलाई सन्ताल लाभ हुन लागेको जनाइएको छ । तर अनुष्का वा विराट कसैले पनि यसको पुष्टि भने गरेका छैनन् । पछिल्लो समय अनुष्का पनि सार्वजनिक कार्यक्रमहरुमा खासै नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अनुष्का र विराट एक साथ लामो सयम विताउँछन् । अनुष्का लामो समय विराटबाट छुट्टिन चाहन्नन् । विराट लामो समयको खेलका लागि देश बाहिर जाँदा वा अन्य राज्यमा जाँदा समेत अनुष्का धेरैजसो साथमा नै जाने गरेकी छिन् ।

यो कुनै आश्चर्यको कुरा त होइन की अहिले अनुष्काले कुनै नयाँ फिल्मको घोषणा गरेकी छैनन् । यस बीचमा विराट कोहली व्याङलोरको टीमबाट आइपीएल क्रिकेट खेलिरहेका छन् । अनुष्काले हालसालै एक पत्रिकाको लागि फोटोसुट गरेको तस्वीर पोस्ट गरेकी थिइन् । तर यो पुरानो तस्वीर भएको बताइएको छ ।

विराट र अनुष्काको विवाह भएको लगभग दुई वर्ष भएको छ । र अब यी दुबै जना नयाँ सदस्यको पर्खाइमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अनुष्काले विराटसँग पहिला पनि भनेकी थिइन् कि बच्चा भएपछि पनि उनी फिल्म खेल्नेछिन् । यो जोडीले आगामी महिना बेबीशावर को आयोजना गर्ने दाबी भारतीय अनलाइन अमर उजालाले गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ३० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को