अनुष्का बन्दैछिन् आमा, चाँडै हुनेछ बेबी शावरको कार्यक्रम | Khabarhub Khabarhub

अनुष्का बन्दैछिन् आमा, चाँडै हुनेछ बेबी शावरको कार्यक्रम


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराट कोहली र अनुष्का शर्माले २०१७ को डिसेम्बर ११ मा विवाह गरेका थिए । विवाह इटलीमा भएको थियो । विवाहमा उनीहरुका नजिकका आफन्त सहभागी भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरुमा पछिल्ला दिन अनुष्का शर्मा आमा बन्न लागेको समाचारहरु चर्चामा छन् । पछिल्लो समय अनुष्का र विराटले सार्वजनिक गरेको फोटो समेत पुरै शरीर देखिने खालको नभएका कारण फ्यानहरु र फिल्म उद्योगमा यसबारे थप चर्चा चलेको हो ।

अंग्रेजी वेवसाइट डीएनएलाई उदृत गर्दै सार्वजनिक भएको समाचारमा अनुष्का र विराटलाई सन्ताल लाभ हुन लागेको जनाइएको छ । तर अनुष्का वा विराट कसैले पनि यसको पुष्टि भने गरेका छैनन् । पछिल्लो समय अनुष्का पनि सार्वजनिक कार्यक्रमहरुमा खासै नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अनुष्का र विराट एक साथ लामो सयम विताउँछन् । अनुष्का लामो समय विराटबाट छुट्टिन चाहन्नन् । विराट लामो समयको खेलका लागि देश बाहिर जाँदा वा अन्य राज्यमा जाँदा समेत अनुष्का धेरैजसो साथमा नै जाने गरेकी छिन् ।

यो कुनै आश्चर्यको कुरा त होइन की अहिले अनुष्काले कुनै नयाँ फिल्मको घोषणा गरेकी छैनन् । यस बीचमा विराट कोहली व्याङलोरको टीमबाट आइपीएल क्रिकेट खेलिरहेका छन् । अनुष्काले हालसालै एक पत्रिकाको लागि फोटोसुट गरेको तस्वीर पोस्ट गरेकी थिइन् । तर यो पुरानो तस्वीर भएको बताइएको छ ।

विराट र अनुष्काको विवाह भएको लगभग दुई वर्ष भएको छ । र अब यी दुबै जना नयाँ सदस्यको पर्खाइमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अनुष्काले विराटसँग पहिला पनि भनेकी थिइन् कि बच्चा भएपछि पनि उनी फिल्म खेल्नेछिन् । यो जोडीले आगामी महिना बेबीशावर को आयोजना गर्ने दाबी भारतीय अनलाइन अमर उजालाले गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ३० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार