युवा विदेश पलायन हुनबाट रोक्न श्रमको सम्मन गरिनुपर्छ : नेता पौडेल | Khabarhub Khabarhub

युवा विदेश पलायन हुनबाट रोक्न श्रमको सम्मन गरिनुपर्छ : नेता पौडेल


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उनले नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य हुनु परेको बताए ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसङ्ख्याको चाप बढ्ने अवस्थाको अन्त्य हुँदैन ।”

उनले गाउँको विकास, गाउँका जनतालाई रोजगारी र गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे ।

उनले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिम प्रदेश विकासको गतिमा अगाडि बढ्न नसकेको बताए ।

वरिष्ठ नेता पौडेलले बन्दाबन्दी खुकुलो हुन थालेपछि पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ४६ बजे

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ