प्रतिरोधी क्षमता बढाउन बेसारको कुरा गरेको हुँ, मजाक नबनाऔँ : प्रधानमन्त्री ओली « Khabarhub

प्रतिरोधी क्षमता बढाउन बेसारको कुरा गरेको हुँ, मजाक नबनाऔँ : प्रधानमन्त्री ओली


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे ।

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन् ।

‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’

नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए ।

आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाउन जरूरी रहेको उनको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योगाभ्यासक्रम’ पुस्तकको लोकार्पण गरे । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योगाभ्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योगाभ्यासक्रमको प्रकाशनले योगलाई जीवनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए ।

स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले मानसिक समस्या भएमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गरे ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : ४८ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका