विदेशमा अलपत्र नेपालीको उद्धार जारी « Khabarhub

विदेशमा अलपत्र नेपालीको उद्धार जारी


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।

नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९ बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार नेपाल एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउनेछ । निगमले शनिबार तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो । निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ ।

त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिकाअनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने उनले बताए ।

हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ । कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट तीनवटा उडान गर्नेछ । अगामी मङ्गलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौँ चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार एकै दिन १६ उडान भएका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान जारी रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १ : ५८ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले