लागुऔषधसहित पाँच पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित पाँच पक्राउ


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गैडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेका छन् ।

उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

नीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आज जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उनले बताए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : ३० बजे

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी– अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत