मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरी सुरक्षा रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा | Khabarhub Khabarhub

मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरी सुरक्षा रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पछिल्लो अवस्थाबारे सुक्ष्म अध्ययन गरेर सुरक्षा रणनीति तयार गर्न पृतनापतिहरुलाई निर्देशन दिएका छन्।

भद्रकालीस्थित जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आइतबार समापन गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल प्रभावबारे अध्ययन गरेर रणनीति तयार गर्न निर्देशन दिएका हुन्।

बैठकमा भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको जनाइएको छ ।

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यप्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा रथीहरु, सबै पृतना हेडक्वाटरका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकामा रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति थियो ।

यस किसिमको समन्वयात्मक बैठकले र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय गर्न र योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३० बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी