बनेपाबाट छ जुवाडे पक्राउ | Khabarhub Khabarhub

बनेपाबाट छ जुवाडे पक्राउ


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट छ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ ।

पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत छ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त जुवाखालबाट रु छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

नगद, चार थान तासबुक तथा एक थान तन्दासहित पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनायो । साथै उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३४ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी