अधिकार प्रयोग गर्न नसक्ने ठाउँमा बसेर काम छैन भन्दै मनाङ्गेले दिए राजीनामा | Khabarhub Khabarhub

अधिकार प्रयोग गर्न नसक्ने ठाउँमा बसेर काम छैन भन्दै मनाङ्गेले दिए राजीनामा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

उनले राजीनामाको पत्र आइतबार समितिका सभापति दीपक कोइरालालाई बुझाएका छन् । उनले आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितता बारेको कुरा उठाउँदा कुनै सुनुवाइ नभएको पनि गुनासो गरे ।

उनले अनियमितताको विषयलाई उठाउँदा सुनुवाइ नभएको, समितिमा रहेर काम गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् ।

सा‌सद मनाङ्गेले कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा कुरा उठाएको बताएका थिए । क्रसर उद्योगले गरेको मनोमानी सबैले देखेको भएपनि कसैले केहि गर्न नसकेको भन्दै उनले यसमा प्रदेश सरकारकै मिलेमतो रहेको पनि आरोप लगाए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ३ : ३५ बजे

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक