अधिकार प्रयोग गर्न नसक्ने ठाउँमा बसेर काम छैन भन्दै मनाङ्गेले दिए राजीनामा « Khabarhub

अधिकार प्रयोग गर्न नसक्ने ठाउँमा बसेर काम छैन भन्दै मनाङ्गेले दिए राजीनामा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

उनले राजीनामाको पत्र आइतबार समितिका सभापति दीपक कोइरालालाई बुझाएका छन् । उनले आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितता बारेको कुरा उठाउँदा कुनै सुनुवाइ नभएको पनि गुनासो गरे ।

उनले अनियमितताको विषयलाई उठाउँदा सुनुवाइ नभएको, समितिमा रहेर काम गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् ।

सा‌सद मनाङ्गेले कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा कुरा उठाएको बताएका थिए । क्रसर उद्योगले गरेको मनोमानी सबैले देखेको भएपनि कसैले केहि गर्न नसकेको भन्दै उनले यसमा प्रदेश सरकारकै मिलेमतो रहेको पनि आरोप लगाए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ३ : ३५ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको