समाजवादीले सरिता गिरीलाई स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नभए कारबाही « Khabarhub

समाजवादीले सरिता गिरीलाई स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नभए कारबाही


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीले  नेपालको नयाँ नक्साका विषयमा राष्ट्रियता विरोधी अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाइ छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए ।

संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेका कारण सांसद गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् ।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।

समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि राष्ट्रियता विरोधी अभिव्यक्ति दिए सांसद गिरी विवादमा तानिएकी छिन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ३१ बजे

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको