भारत र चीनको सैनिक सहचारीमा महासेनानी पठाउने निर्णय « Khabarhub

भारत र चीनको सैनिक सहचारीमा महासेनानी पठाउने निर्णय


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली दूतावासमा सहायक रथीको स्थानमा एक तह घटुवा गर्दै महासेनानी(कर्णेल)लाई सैनिक सहचारी पठाउने निर्णय गरेको छ ।

सैनिक सचिव विभागले जेठ २९ गते जारी गरेको सैनिक सहचारीहरूको अन्तिम नामावलीअनुसार चीनमा महासेनानी मोहन क्षत्री र भारतमा महासेनानी रामचन्द्र खत्रीलाई चयन गरिएको छ।

अमेरिकामा महासेनानी भुवनपूर्ण सत्याल, बंगलादेशमा महासेनानी रोशन जबरा, बेलायतमा महासेनानी रत्नबहादुर गोदार, पाकिस्तानमा महासेनानी अमृतकाजी गुरुङ र न्युयोर्कमा महासेनानी जगदीश खड्कालाई (सैनिक सल्लाहकार) का लागि चयन गरिएको छ । भारत र चीनबाहेक अन्य दूतावासमा महासेनानी नै सैनिक सहचारी रहँदै आएका थिए ।

तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा २०७१ साल जेठ ५ गतेबाट लागू गरिएको सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट कार्यविधि–२०७१ ले भारत र चीनसँग महत्त्वपूर्ण कूटनीतिक र सामरिक सम्बन्ध राख्नुपर्ने भएकाले सैनिक सहचारीका रूपमा सहायक रथीलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ०३ बजे

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह

नेपालले फेरि पायो बीबी माइनस रेटिङ

काठमाडौं– मुलुकको सार्वभौम क्रेडिट रेटिङमा नेपालले सन् २०२५ लागि बीबी

घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को कात्तिक महिनामा असोज महिनाको

घनश्याम भुसालको मूल्यांकन : प्रचण्डले ‘कचिङ्गलको कचहरी’ बनाए, ओलीले एमालेलाई उठ्नै नसक्ने बनाउँदै छन्

काठमाडौं- नेकपा एकीकृत समाजवादीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित