अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश | Khabarhub Khabarhub

अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ ।

बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक रहेको उक्त मुद्धामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले दिएको

आदेश यस्तो छ:

“यस निवदेकले यस अदालतबाट कोभिड १९ को सन्दर्भमा नेपालको संविधानको धारा १३३ र सर्वोच्च अदालत नियमावली ४९ समेत बमोजिम जारी भएको मिति २०७७ १ को महिना ५ गते अन्तरिम आदेश अवज्ञा गरेको भन्ने प्रश्न उठाइ विपक्षी उपर अदालतको अवहेलना कारवाही गरि पाउँ भनि निवेदन दिएको देखिँदा उपरोक्ता आदेशमा उल्लेखित विभिन्न ७ वटा अन्तरिम आदेशमो पालना कसरी गरिएको छ ती आदेश पालना नगर्न कुनै आदेश, निर्देशन दिएको हो वा होइन तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र यस अदालतमा आफै उपस्थित भइ वा आफ्नो कानूनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनि विपक्षीहरुका नाममा यो आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाइ म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु ।”

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : २६ बजे

कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने 

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा

अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी

काठमाडौं– अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको

पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका

उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता

धनगढी– अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा

बीमा बोर्डको भुक्तानी क्षमता बढाउन जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको