रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश | Khabarhub Khabarhub

रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम घटनामा संलग्न रहेको आरोप लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न रुकुम जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतले थुनामा पठाएकाहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नविनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहन पुनमगरलाई पनि पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा रिहा गर्न र तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो । प्रहरीले प्रतिवादी बनाएर मुद्धा दायर गरेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा एक महिनाअघि भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालय रुकुमले ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ५३ बजे

माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, एकताको यात्रामा अघि बढ्न प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी

मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै

करिडोरले फेरिँदै हर्मिचौरवासीको दैनिकी

तम्घास– ‘पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा

सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ? एमालेको बोकेर हिँडिदिनुपर्ने ?

काठमाडौं– नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बने’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी