लद्दा पुगेका भारतीय सेनाका प्रमुख जनरल नरवणेले भने- उच्च नैतिकता र जोशका साथ काम गर्नुहोस् « Khabarhub

लद्दा पुगेका भारतीय सेनाका प्रमुख जनरल नरवणेले भने- उच्च नैतिकता र जोशका साथ काम गर्नुहोस्


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीचको सीमा विवाद बढेपछि अहिले लद्दाख क्षेत्र सर्वाधिक चर्चामा छ ।

चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् ।

सेना प्रमुख नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गरेका हुन् । उनले सैनिकहरुलाई उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सेनासँगको भिडन्तमा सहभागी भएका सैनिकहरुलाई उनले सम्मान पनि गरे । सेना प्रमुख नरवणे दुई दिने भ्रमणका लागि बुधबार लद्दाख पुगेका हुन् । उनले बुधबार पूर्व लद्दाखको सीमा क्षेत्रको अवलोकन गरेका छन् ।

बुधबार वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को महत्वपूर्ण बैठकको तयारी भइरहेका बेला सेना प्रमुख नरवणेको भ्रमण भएको हो ।

जुन १५ को राति गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएपछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ ।

दुवै देशले तनाव क मगर्न सैन्य तथा कूटनीतिक तहमा वार्ता भइरहेको बताएका छन्।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ०० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ