अष्ट्रेलियामा घर घरमै पुगेर कोरोना परीक्षण  « Khabarhub

अष्ट्रेलियामा घर घरमै पुगेर कोरोना परीक्षण 


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् ।

कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ ।

कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ ।

भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो ।

परीक्षण कार्यमा सम्लग्न हुनुभएका प्रिमियर ड्यानियल एन्डु«जले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिनुभयो । उहाँले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताउनुभयो ।

परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ ।

परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ८ : १६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद