महिला विश्वकप फुटबल-०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने « Khabarhub

महिला विश्वकप फुटबल-०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा काउन्सिलको बिहीबार बसेको बैठकले सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डलाई आयोजनाको जिम्मा दिएको हो ।

न्यूजिल्याण्ड र अस्ट्रेलिया फुटबल संघहरुले संयुक्त आयोजनाका लागि फिफा सामु प्रस्ताव गरेका थिए । काउन्सिलका ३५ भोटरको निर्णयक भोटमार्फत् आयोजकको टुङ्गो लगाइएको थियो ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको पक्षमा ३५ मध्ये २२ भोट परेका थिए । कोलम्बिया फुटबल संघले १३ भोट पाएको थियो ।

विश्वकप आयोजनाको जिम्मा अस्ट्रेलिया र न्यूजिल्याण्डले पाएको फिफा अध्यक्ष गियनी इन्फान्टिनोले सार्वजनिक गरेका थिए ।

फिफाले २०२३ को विश्वकपमा ३२ टिम सहभागी गराउने निर्णय गरेको छ । फिफा विश्वकप २०१९ फ्रान्सले आयोजना गरेको थियो । जसमा अमेरिका महिला टोली विजयी भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : २४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास