घरभाडामा छुट दिन आग्रह « Khabarhub

घरभाडामा छुट दिन आग्रह


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गरेका छन् ।

“सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ, “घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन ।”

यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रहसमेत गरेको छ ।

सङ्कटको यो घडीमा आर्थिक र मानसिक समस्यामा परेका आफ्ना ग्राहकका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याजदर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्था पनि सङ्घले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ०७ बजे

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति