एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने « Khabarhub

एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसुधन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्ने छन् ।

त्यस्तै अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड– १९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउने छन् ।

मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसुधन सापकोटाले ४१–५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुने छ ।

खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरालगायतले एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिएका थिए ।

सो अवसरमा मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खड्काले बताए । दुवै प्रतियोगितामा खड्का निर्णायकको भूमिकामा हुनेछन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : ५६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले