एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने | Khabarhub Khabarhub

एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसुधन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्ने छन् ।

त्यस्तै अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड– १९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउने छन् ।

मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसुधन सापकोटाले ४१–५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुने छ ।

खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरालगायतले एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिएका थिए ।

सो अवसरमा मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खड्काले बताए । दुवै प्रतियोगितामा खड्का निर्णायकको भूमिकामा हुनेछन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : ५६ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर

जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

काठमाडौं– मुलुकमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग

सरकारलाई व्यवसायीको चुनौती: मूल्यदर र भाषा परिमार्जन नगरे इम्बोस्ड नम्बर प्लेट जडान हुँदैन  

भारतसँग जोडिएको मुग्लिन-नारायणगढ-दाउन्ने-बुटवल सडकखण्ड लामोसमयदेखि बर्खामा हिलाम्मे त हिँउदमा धुलाम्मे

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी