साउदीबाट फर्किंदा भिसाको म्याद सकिए पनि जरिवाना तिर्नु नपर्ने | Khabarhub Khabarhub

साउदीबाट फर्किंदा भिसाको म्याद सकिए पनि जरिवाना तिर्नु नपर्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदीबाट फर्किन चाहने नागरिकले भिसा सकिए पनि जरिवाना नतिर्नुपर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले शुक्रवार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।

साउदी सरकारको यो निर्णयले नेपाली पनि लाभान्वित हुने भएका छन् । साउदीमा रहेका नेपालीले भिसा सकिए पनि अब जरिवाना या शुल्क बुझाउनुपर्ने छैन ।

कुनै पनि भिसामा साउदी गएका तर कोरोना भाइरस महामारीका कारण फर्किन नपाएका नागरिकले जरिवाना तिनु नपर्ने दूतावासले जनाएको हो ।

साउदी सरकारले कोरोना महामारीको कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बर्हिगमन भिसा, पुनः प्रवेश भिसा, भिजिट भिसा र पर्यटन भिसा भिसामा साउदी पुगेर म्याद सकिएको भए कुनै शुल्क वा जरिवाना नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ३५ बजे

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली