भुमरीसहितको हुरी : विपन्नमाथि नै विपत्ति, पीडा नियाल्न गाउँ पुग्नेको ताँती « Khabarhub

भुमरीसहितको हुरी : विपन्नमाथि नै विपत्ति, पीडा नियाल्न गाउँ पुग्नेको ताँती


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पक्की घर जेनतेन जोगिए, तर कचतची घरले भुमरीसहितको हुरीलाई थेग्न सकेनन् त्यसैले ज्यागन गुमाउनेमा गरिब नै धेरै परे । हजरा घर भत्किए, दुई हजाजर घरमा क्षति भयो । आजको नयाँ पत्रिकाले वारा र पर्सामा आएको हावा हुरीसहित भुमरीले ल्याएको दर्दनाक अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै पत्रिकाले पीडा नियाल्न गाउँ पुग्नेको ताँती लागेको विषय पनि उल्लेख गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दलका नेता तथा कार्याकता र विभिन्न एनजीओ आइएनजीओका मानिसहरु हावा हुरीबाट भएको क्षतिको अवलोगन गर्न पुगेका छन् । कोही राहत वितरणमा खटिएका छन् भने कोही घाइतेहरुलाई आश्वासन दिन अस्पताल पुगेको खबर छापेको छ ।

मृतकका परिवालाई नेकपाले पाँच पाँच लाख दिने प्रचण्डले घोषणा गरेका छन् भने कोषमा २५ ला दिने कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणा गरेका छन् । त्यस्तै कांग्रेसका सांसदको दुई दिनको तलव समेत दिने कांग्रेसले यसअघि नै घोषणा गरिसकेको छ ।

त्यस्तै नयाँ पत्रिकाले अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो शीर्षको पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । भिसा शुल्कका लागि २ सय डलर लिँदै आएकोमा अब ४० डलर घटाएर १ सय ६० डलरमात्र लिने उल्लेख गरेको छ । अध्ययनका लागि जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा उक्त रकम अमेरिकी दूतावासले घटाएको हो ।

त्यस्तै पत्रिकाले सर्वोच्मा पाँच र उच्च अदालतमा १८ न्यायाधीस सिफारिस भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । मंगलबार न्यायपरिषद्ले २३ जना न्यायाधीस नियुत्तिःको सिफारिस गरेको थियो । सर्वोच्चमा प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोज शर्मालाई नियुक्तिको सिफारिस गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ५७ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट