भुमरीसहितको हुरी : विपन्नमाथि नै विपत्ति, पीडा नियाल्न गाउँ पुग्नेको ताँती | Khabarhub Khabarhub

भुमरीसहितको हुरी : विपन्नमाथि नै विपत्ति, पीडा नियाल्न गाउँ पुग्नेको ताँती


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पक्की घर जेनतेन जोगिए, तर कचतची घरले भुमरीसहितको हुरीलाई थेग्न सकेनन् त्यसैले ज्यागन गुमाउनेमा गरिब नै धेरै परे । हजरा घर भत्किए, दुई हजाजर घरमा क्षति भयो । आजको नयाँ पत्रिकाले वारा र पर्सामा आएको हावा हुरीसहित भुमरीले ल्याएको दर्दनाक अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै पत्रिकाले पीडा नियाल्न गाउँ पुग्नेको ताँती लागेको विषय पनि उल्लेख गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दलका नेता तथा कार्याकता र विभिन्न एनजीओ आइएनजीओका मानिसहरु हावा हुरीबाट भएको क्षतिको अवलोगन गर्न पुगेका छन् । कोही राहत वितरणमा खटिएका छन् भने कोही घाइतेहरुलाई आश्वासन दिन अस्पताल पुगेको खबर छापेको छ ।

मृतकका परिवालाई नेकपाले पाँच पाँच लाख दिने प्रचण्डले घोषणा गरेका छन् भने कोषमा २५ ला दिने कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणा गरेका छन् । त्यस्तै कांग्रेसका सांसदको दुई दिनको तलव समेत दिने कांग्रेसले यसअघि नै घोषणा गरिसकेको छ ।

त्यस्तै नयाँ पत्रिकाले अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो शीर्षको पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । भिसा शुल्कका लागि २ सय डलर लिँदै आएकोमा अब ४० डलर घटाएर १ सय ६० डलरमात्र लिने उल्लेख गरेको छ । अध्ययनका लागि जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा उक्त रकम अमेरिकी दूतावासले घटाएको हो ।

त्यस्तै पत्रिकाले सर्वोच्मा पाँच र उच्च अदालतमा १८ न्यायाधीस सिफारिस भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । मंगलबार न्यायपरिषद्ले २३ जना न्यायाधीस नियुत्तिःको सिफारिस गरेको थियो । सर्वोच्चमा प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोज शर्मालाई नियुक्तिको सिफारिस गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ५७ बजे

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

काठमाडौं – सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न,

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र

तस्बिरमा हेर्नुहोस् : नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ ?

काठमाडौं– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै

असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से 

काठमाडौं– मौद्रिक नीति आएको दोस्रो दिन घटेको बजारमा मंगलबार फेरी रौनक

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।