नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित « Khabarhub

नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित

तेस्रो दिन पनि सीमा विवादमा छलफल


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पनि नेपाल भारत सीमा विवाद, सीमा विवाद समाधान गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा स्थायी कमिटी सदस्यले धारणा राखेको श्रेष्ठले बताए ।

स्थायी कमिटीको बैठकका लागि तय भएका एजेन्डामाथिको छलफल सकिन बाँकी रहेपनि भोलि मदन स्मृति दिवस र सोमबार असार १५ गते दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गते बस्ने गरी आज स्थगित भएको श्रेष्ठले बताए ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् ।

बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको नेता रघुजी पन्तले जानकारी दिए । उनले वार्ताका लागि नेपाल सरकारले अधिकतम पहल गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबारको बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : १२ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी