सिन्धुलीमा पनि आइपुग्यो सलह किरा « Khabarhub

सिन्धुलीमा पनि आइपुग्यो सलह किरा


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ ।

सिन्धुलीका विभिन्न स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका सलह किरा देखिएको कार्यालयले जनाएको हो ।

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्‍याएको जानकारी दिए ।

शनिबार तराईका विभिन्न सीमानाका हुँदै नेपाल प्रवेश गरेको सलहको एउटा सानो झुण्ड सिन्धुली आइपुगेको उनले बताए ।

जिल्लाको कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा सलह समुह-समुहमा देखिएको स्थानीयले बताएका छन्।

चियाबारी क्षेत्रमा किसानले लगाएका मकै तथा धानको ब्याड र जंगलको रुख विरुवामासमेत छपक्कै सलह भेटिएको बताइएको छ ।

जिल्लामा सलह देखिएसँगै किसान चिन्तित बनेका छन् ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : २२ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक