कविता - ‘किसानको रहर’ | Khabarhub Khabarhub

कविता – ‘किसानको रहर’


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ ।

भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो । खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।

शीर्षकः किसानको रहर

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : २९ बजे

माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा

अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज

नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहँदा एउटा कुरा

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग 

चितवन– भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ

चारवटा अधिवेशनमा १७ विधेयक पास भए, यो सुखद खबर हैन : भट्टराई

काठमाडौं – सत्तारुढ नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य