मनाङ र बंगलादेशी क्लब अबहानीबीचको खेल आज, ‘होम ग्राउण्ड’ ले फाइदा पुग्ला ? « Khabarhub

मनाङ र बंगलादेशी क्लब अबहानीबीचको खेल आज, ‘होम ग्राउण्ड’ ले फाइदा पुग्ला ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कपमा आज मनाङ—मस्र्याङ्दी क्लब र पाहुना टोली बंगलादेशको अबहानी लिमिटेडबीचको खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा घरेलु टोली मनाङलाई अबहानीले चुनौति प्रस्तुत गर्दैछ ।

बुधबार दिउँसो ३ बजे शुरु हुने खेलमा मनाङले होम ग्राउन्डमा पाहुना टोलीलाई रोक्दै आफ्ना प्रसंशकलाई सकारात्मक सन्देश दिने बताएको छ ।

मंगलबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली लिग च्याम्पियन मनाङका नवनियुक्त प्रशिक्षक छिरिङ लोप्सानले मनाङले सुधारीएको प्रदर्शन गर्ने बताए ।

अबहानीविरुद्धको नतिजा आफ्नो पक्षमा पार्ने बताएका प्रशिक्षक लोप्सानले आफ्नो टिम रक्षा पङ्ती देखि अग्रपङ्तीसम्मै बलियो रहेको बताएका थिए ।

एएफसी कपमा पहिलो खेल खेल्न नेपाल आएको बंगाली क्लब अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले मनाङविरुद्ध आफ्ना्े टोली तयार रहेको बताएका छन् ।

बंगलादेश प्रिमियर लिगमा दोस्रो भएको अबहानीले घरेलु टोलीलाई रोक्दै ३ अंक जोड्ने प्रशिक्षक मोरिसले बताएका थिए ।

समूह ई मा रहेको मनाङसहित, मिनेराभ पञ्जाव, ढाका अबहानी र चेन्नाइनी रहेका छन् । मनाङले अबहामीसँगको अवे खेल जुन १९ मा खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४३ बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब