पहिलो फिल्म ‘यात्रा’ ले मलिकालाई राहत देला ? « Khabarhub

पहिलो फिल्म ‘यात्रा’ ले मलिकालाई राहत देला ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको फिल्म ‘यात्रा’ मा केन्द्रीय भूमिका निभाएकी छिन् मलिका महतले । यो उनको डेब्यु फिल्म हो । फिल्ममा कलाकारको जम्बो टोली भए पनि फिल्ममा मुख्य अभिनेता सलिनमान बनिया र मलिका महतको बढी चर्चा छ ।

सलिनका लागि यो फिल्म दोस्रो फिल्म हो भने मलिकाका लागि भने यो पहिलो फिल्म हो । सलिनले यसअघि फिल्म ‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका थिए ।

रिलिजअघि नयाँ कलाकारको तारिफ हुने तर फिल्म रिलिजपछि कलाकार झण्डै हराउने प्रचलन त नेपाली फिल्मका लागि नौलो भएन । यसअघि रिलिज भएका फिल्मका डेब्यु नायिकाहरु पनि सो फिल्ममा प्रचारका बेला मात्र चर्चामा रहेको दर्शकलाई याद छ ।

यस अर्थमा मलिका महतको करिअर के त्यस्तै होला त ? यो प्रश्न स्वभाविक लाग्छ । यो त उनको काम हेरेर पनि दर्शकले निर्णय गर्ने कुरा हो ।

यतिबेला भने मलिकाको चर्चामा कुनै कमी छैन । उनको सुन्दरताको पनि खुलेरै तारिफ गरिएको छ । तर फिल्म क्षेत्रमा सुन्दरताले मात्र कलाकार चल्ने होइन ।

यद्यपि ट्रेलरबाट भने मलिकालाई धेरैले नोटिस गरेका छन् । इन्स्टाग्राममा सक्रिय मलिका फिल्म क्षेत्रमा कत्तिको सक्रिय हुने हुन् । त्यसको छिनोफानो त समयले देखाउला । अहिले भने उनलाई यो फिल्मले राम्रै फाइदा पु–याउने आशा गरिएको छ ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्मले सार्वजनिक गरेका गीत तथा ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : १३ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती