जाहेरी विपरित बकपत्र गर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना « Khabarhub

जाहेरी विपरित बकपत्र गर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले बलात्कार उद्योग आरोपमा जाहेरी व्यहोरा प्रतिकूल हुने गरी वकपत्र गरेकी (होस्टाइल बनेकी) एक युवतीलाई एक महिना कैद र क्षतिपुर्तिबापत ६३ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले बलात्कार उद्योग भयो भनेर युवती आफैले दिएको जाहेरीविपरित अदालतमा बकपत्र गर्ने (होस्टाइल बनेकी ) युवतीलाई एक महिना कैद र उनकै जाहेरीको आधारमा ७ महिना देखी थुनामा रहेका प्रत्यबादीलाई क्षतिपुर्तिबापत ६३ हजार जरिवाना भराउनुपर्ने फैसला गरेको हो ।

असार ७ गते फैसला भएपनि आज फैसलाको पूर्णपाठ आएको हो । पूर्णपाठमा आरोपित युवालाई पीडित भनिएकी युवतीले बलात्कार उद्योगमा अनावश्यक रुपमा मुद्धा दायर गरेको भन्दै युवतीलाई नै एक महिना कैद र ६३ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ । यद्यपी युवतीलाई फैसलामा चित्त नबुझे ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदनको म्याद समेत दिइएको छ ।

के थियो घटना ?

चितवनको रत्ननगर नगरपालीका वडा नम्बर ६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत कार्तिक २७ गते बेलुका ७ बजे युवती र स्थानीय विवेक पंगेनी कोठा नम्बर १ सय ५ मा बसेको र त्यो रात त्यही बसेर अर्को दिन बिहान १० बजे निस्किएका थिए ।

२७ गते बेलुका २ जना साथीसहित सौराहा घुम्न निस्किएकी युवतीले गाडी पर्खेर बसेका बेला युवक पंगेनीले आफूले घरसम्म पुर्‍याइदिने भनेर गाडीमा लिएर गएको र होटलमा धेरैबेर बसेपछि युवतीसँगै गएका साथीहरु उनलाई छाडेर घरतर्फ लागेका थिए ।

युवतीले मंसीर १ गते आफूलाई होटलको कोठामा लगेर संवैदनशील अंग समाती बलात्कार गर्न खोजेपछि चिच्याएर आफूलाई केही नगरेको तर बलात्कार उद्योग गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

पछि वयान फेरेपछि !

आफूमाथि जर्बजस्ती करणी उद्योग गरेको आरोपमा जाहेरी दिएकी युवतीले अदालतमा भने इन्कारी वयान गरेकी छन् ।

उनले जाहेरीमा आफ्नो हस्ताक्षर भएपनि जोहरीमा लेखिएको व्यहोरा आफूलाई थाहा नभएको र पीडक भनिएको युवासँग आफ्नो भेट समेत नभएको भन्ने अदालतमा वयान दिएकी थिइन् ।

उनले आफैले प्रहरी कार्यालयमा दिएको जाहेरीविपरित हुनेगरी अदालतमा जाहेरी प्रतिकूलको वकपत्र गरेपछि (होस्टाइल बनेपछि) युवतीलाई कैद र जरिवानाको फैसला भएको हो ।

यस्तो छ अदालतको फैसला 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ३७ बजे

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक