सत्तारुढ नेकपाको स्थायी कमिटीमा कोरोना नियन्त्रणबारे छलफल हुँदै « Khabarhub

सत्तारुढ नेकपाको स्थायी कमिटीमा कोरोना नियन्त्रणबारे छलफल हुँदै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अहिले जारी छ ।

आज स्थायी कमिटी बैठकको चौथो दिन हो । असार १० गते सुरु भएको बैठक बीचबीचमा स्थगित हुँदै अहिले बसिरहेको छ ।

स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डाकै विषयमा आजको बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

यसअघिका बैठकमा नेताहरुले नेपाल भारत सीमा विवाद र सीमा विवाद हल गर्न चाल्नुपर्ने कदमका विषयमा धारणाा राखेका थिए ।

यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।

आजको बैठकमा कोभिड–१९ रोकथामको विषयमा पनि छलफल हुनेछ । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यले यो एजेण्डा केन्द्रित छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।

यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाहीका विषयमा धारणा राख्नेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् । यो असन्तुष्टि उनीहरुले पार्टी बैठकमा समेत खुलेर पोख्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ०२ बजे

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले