पर्यटनमन्त्री भट्टराईले गरे मन्त्रालयको छड्के निरीक्षण | Khabarhub Khabarhub

पर्यटनमन्त्री भट्टराईले गरे मन्त्रालयको छड्के निरीक्षण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका थिए ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : ५५ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर