कर्णाली प्रदेशमा पनि पुग्यो सलह « Khabarhub

कर्णाली प्रदेशमा पनि पुग्यो सलह


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कर्णाली प्रदेशका जिल्लामा समेत देखिएको छ ।

सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए ।

“दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुनसक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो ।”

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ । सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी सङ्घसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पु¥याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए ।

“कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन्,” उनले भने, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १० : १७ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,