खेलकुद ऐन कार्यान्वयनसँगै राखेप पदाधिकारीविहीन « Khabarhub

खेलकुद ऐन कार्यान्वयनसँगै राखेप पदाधिकारीविहीन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेलकुद विकास ऐन, २०७७ कार्यान्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीविहीन भएको छ ।

वि.सं.  २०४८ सालको खेलकुद ऐनलाई विस्थापन गर्दै आएको नयाँ ऐनअनुसार आजदेखि राखेप पदाधिकारीविहीन भएको हो ।

झण्डै दिन दशकपछि बनेको खेलकुद ऐनमा कर्मचारी रहे पनि पदाधिकारीबारे ऐनमा कुनै कुरा स्पष्ट नहुँदा राखेप पदाधिकारीविहीन हुन पुगेको हो ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले राखेप पदाधिकारीको बाँकी कार्यकाल निरन्तता पाउने भन्दै आए पनि यो विषय ऐनमा स्पष्ट नहुँदा अन्योलता छाएको छ ।

मन्त्रालय स्रोतका अनुसार आजदेखि राखेप पदाधिकारीविहीन बनेको छ ।

‘ऐन बनाउने क्रममा कर्मचारीको बारेमा ऐनले स्पष्ट बोलेको र पदाधिकारीका बारेमा ऐन मौन रहेको हुँदा ऐन कार्यान्वयनमा आएसँगै हाल रहेका पदाधिकारीको कार्यकाल स्वतः समाप्त भएको छ,’ मन्त्रालय स्रोतले खबरहबसँग भन्यो ।

ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएको सात दिन बितिसक्दा पनि मन्त्रालयय मौन रहँदा रहँदा समस्या आएको जानकारहरु बताउँछन् । नयाँ ऐनमा सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य गर्दै ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ ।

राखेपको सदस्य सचिव बन्नको लागि स्नातक उतीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने भन्दै ऐनले योग्यता तोकेको छ ।

यसैगरी, राखेपको हाल रहेको २३ सदस्यीय बोर्डलाई ३७ सदस्यीय बनाउने समेत व्यवस्था छ ।

राजनीतिक भाषा पुग्दो छः राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना

यस्तै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद विकास ऐन २०४८ खारेज गर्ने र भई गरेका काम यसैलाई निरन्तरता भनेकाे र राजनीतिक तर्कले पुग्दो भएको बताएका छन् ।

उनले कानूनी कुरा के हो भन्ने सोध्नलाई बुधवार महान्यायाधिवक्ता कार्यालयमा राय पठाएको बताए । ‘मलाई लाग्छ त्यो नआएसम्म केही पनि अगाडि नबढ्ला,’ उनले भने ।

‘बचाउ र खारेजी भन्ने दफाले भनेअनुसार जाने हो भने पुरानो पदाधिकारीमा सदस्य सचिव र म रहने भयौं अरु सदस्य नरहने भए,’ उनले भने ।

उनका अनुसार अरुको संरचना नै मिल्दैन । मनोनित प्रक्रिया नै अलग अलग छन् । पहिलो ५ विकास क्षेत्र थियो अहिले ७ प्रदेश भएको छ ।

‘मन्त्री ज्यूले सदस्य सचिव र उपाध्यक्ष रहने भनेर दलिल पेज गर्नुभएको छ । बाँकी कुरा महान्यायधिवक्ताको कार्यालयबाट स्पष्ट भई आएपछि मात्रै स्पष्ट हुन्छ,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : १० बजे

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ