एड्सबाट सिरहामा २४ जनाको मृत्यु « Khabarhub

एड्सबाट सिरहामा २४ जनाको मृत्यु


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लहानमा बुधबार आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए ।

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउँदै उनले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिए । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ३ : ०७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका