घरको छतबाट खसेको रड लागेर जनप्रतिनिधिको मृत्यु « Khabarhub

घरको छतबाट खसेको रड लागेर जनप्रतिनिधिको मृत्यु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रे सदरमुकाम धुलीखेलमा निर्माणाधीन एक घरको छतबाट खसेको रड लागेर घाइते भएका जनप्रतिनिधिको उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर ३ का वडासदस्य देवीबहादुर ठाडामगरको सोमवार मृत्यु भएको हो ।

आइतवार निजी कामका लागि लागि सदरमुकाम धुलीखेल आउँदै गरेका ठाडामगर सरस्वती बजारस्थित निर्माणाधीन घरको छतबाट खसेको रडक लागेर गम्भीर घाइते भएका थिए ।

धुलीखेल–७ का सुवर्णकाजी श्रेष्ठको निर्माणाधीन घरको छतबाट रड खसेको थियो । घर निर्माणको जिम्मा ठेकेदार कृष्णराम अवालले लिएका थिए ।

टाउकोमा रड लागेर घाइते भएका ठाडामगरलाई आइतवारै धुलीखेल अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि उनलाई सोमवार काठमाडौंस्थित नर्भिक अस्पतालमा ल्याइएको महाभारत गाउँपालिका–३ का वडाध्यक्ष ज्ञानबहादुर लामाले खबरहबलाई जानकारी दिए । लामाका अनुसार उपचारकै क्रममा सोमवार ५५ वर्षीय ठाडामगरको मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ३९ बजे

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ