अन्जु पन्तमाथि किन खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता ? « Khabarhub

अन्जु पन्तमाथि किन खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा हावाहुरीबाट पीडितको उद्धार र राहतका लागि यतिबेलमा काठमाडौंबाट प्रभावित क्षेत्रमा जानेको संख्या बढेको छ ।

राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, कलाकार, समाजसेवी, सर्वसाधारण लगाय प्रभावित क्षेत्रमा राहत लिएर गइरहेका छन् ।
उनीहरुले राहत वितरणको तस्वीरसमेत सामाजिक सञ्जालमा राखिरहेका छन् ।

यसैक्रममा मंगलबार साँझदेखि समाजिक सञ्जालमा एकाएक गायिका अन्जु पन्तको एउटा फोटो भाइरल बन्यो ।

गाडीमा केही कालो बस्तु (राहत सामाग्री) र केही थान पुस्तक राखिएको तस्वीरको अगाडि गायिका पन्त उभिएकी छिन् । यो तस्वीरलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै मानिसहरुले केही पोका राहत सामाग्रीसहित बाइबल(क्रिश्चियन धर्मको ग्रन्थ) लिएर प्रभावित क्षेत्रमा जान लागेकी गायिका भन्दै फोटो पोस्ट भइरहेको छ ।

हिन्दूवादीहरुले विपतमा परेको मानिसमाथिको खेलवाड र राहतको नाममा क्रिश्चियन धर्मको प्रचारका लागि बारा जान लागेको भन्दै अन्जु पन्तको आलोचना भएको थियो ।

हिन्दूवादी देश वनाउनुपर्छ भन्दै वकालत गर्दै हिँडेका राप्रपाका अध्यक्ष कमल थापाले समेत यसको विरोध गरेका थिए । तर यसको वास्तविकता भने फरक परेको छ ।

अन्जु पन्त हावाहुरी प्रभावित बारा बाइबलसहित गएको भन्दै सामाजिक सञ्जालमा उछित्तो काडिएको फोटो त २०७५ साल मंसिर १९ गते बुधबार गायिका पन्तले फेसबुकमा पोस्ट गरेको फोटो रहेछ ।

उनले फोटो पोस्ट गर्र्दै गराएको जानकारी अनुसार अन्जु पन्त फाउण्डेसनले विरगञ्ज कारागारको समता स्कुलका विद्याथीहरुका लागि १०० वटा स्कूल व्इाग, ४०० कापी, १०० इरेजर, १०० कटर तथा चकलेट वितरण गर्न जाँदाको रहेछ ।

पन्त धर्मपरिवर्तन गरी क्रिश्चियन धर्ममा गएका कारण बेला बेलामा उनीविरुद्ध यस्तो प्रचार हुने गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ३ : ३९ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक