अन्जु पन्तमाथि किन खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता ? « Khabarhub

अन्जु पन्तमाथि किन खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा हावाहुरीबाट पीडितको उद्धार र राहतका लागि यतिबेलमा काठमाडौंबाट प्रभावित क्षेत्रमा जानेको संख्या बढेको छ ।

राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, कलाकार, समाजसेवी, सर्वसाधारण लगाय प्रभावित क्षेत्रमा राहत लिएर गइरहेका छन् ।
उनीहरुले राहत वितरणको तस्वीरसमेत सामाजिक सञ्जालमा राखिरहेका छन् ।

यसैक्रममा मंगलबार साँझदेखि समाजिक सञ्जालमा एकाएक गायिका अन्जु पन्तको एउटा फोटो भाइरल बन्यो ।

गाडीमा केही कालो बस्तु (राहत सामाग्री) र केही थान पुस्तक राखिएको तस्वीरको अगाडि गायिका पन्त उभिएकी छिन् । यो तस्वीरलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै मानिसहरुले केही पोका राहत सामाग्रीसहित बाइबल(क्रिश्चियन धर्मको ग्रन्थ) लिएर प्रभावित क्षेत्रमा जान लागेकी गायिका भन्दै फोटो पोस्ट भइरहेको छ ।

हिन्दूवादीहरुले विपतमा परेको मानिसमाथिको खेलवाड र राहतको नाममा क्रिश्चियन धर्मको प्रचारका लागि बारा जान लागेको भन्दै अन्जु पन्तको आलोचना भएको थियो ।

हिन्दूवादी देश वनाउनुपर्छ भन्दै वकालत गर्दै हिँडेका राप्रपाका अध्यक्ष कमल थापाले समेत यसको विरोध गरेका थिए । तर यसको वास्तविकता भने फरक परेको छ ।

अन्जु पन्त हावाहुरी प्रभावित बारा बाइबलसहित गएको भन्दै सामाजिक सञ्जालमा उछित्तो काडिएको फोटो त २०७५ साल मंसिर १९ गते बुधबार गायिका पन्तले फेसबुकमा पोस्ट गरेको फोटो रहेछ ।

उनले फोटो पोस्ट गर्र्दै गराएको जानकारी अनुसार अन्जु पन्त फाउण्डेसनले विरगञ्ज कारागारको समता स्कुलका विद्याथीहरुका लागि १०० वटा स्कूल व्इाग, ४०० कापी, १०० इरेजर, १०० कटर तथा चकलेट वितरण गर्न जाँदाको रहेछ ।

पन्त धर्मपरिवर्तन गरी क्रिश्चियन धर्ममा गएका कारण बेला बेलामा उनीविरुद्ध यस्तो प्रचार हुने गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ३ : ३९ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान