के ट्रम्पलाई आफ्नै बाबुको जन्मस्थान पनि थाहा छैन ? | Khabarhub Khabarhub

के ट्रम्पलाई आफ्नै बाबुको जन्मस्थान पनि थाहा छैन ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बाबु फ्रेड ट्रम्प कहाँ जन्मेका होलान् ? गुगलमा सर्च गर्दा देखिन्छ, अमेरिकाको न्यूयोर्क शहर । गुगलका अनुसार फ्रेड ट्रम्पको जन्म सन् १९०५ अक्टोबर ११ मा अमेरिकाको न्यूयोर्क राज्यमा पर्ने न्यूयोर्क शहरस्थित द ब्रन्जमा भएको हो ।

तर, राष्ट्रपति ट्रम्पलाई भने आफ्नै बाबुको जन्मस्थानबारे थाहा नपाएजस्तो देखिएको छ । खासमा कुरा हो, ह्वाइट हाउसमा ट्रम्पको सञ्चारकर्मीहरुसँगको कुराकानीको । कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना बाबु जर्मनीमा जन्मेको कुरा गरेका छन् ।

उनले सञ्चारकर्मीहरुलाई जर्मनीप्रति आफ्नो सम्मान रहेको बताएका थिए । उनले थपे, ‘मेरा बाबु जर्मन हुन्, हो ? – जर्मन थिए । उनी जर्मनीको सुन्दर स्थानमा जन्मेका थिए त्यसैले जर्मनीप्रति मेरो उच्च सम्मान छ ।’

यद्यपि उनले आफ्ना बाबुको जन्मस्थानबारे थाहा नपाएको सङ्केत यसअघि पनि देखिएको थियो । अघिल्लो वर्ष सीएनबीसी टेलिभिजनलाई पनि उनले आफ्बा बाबुको जन्म जर्मनीमै भएको बताएका थिए ।

गत वर्षको जुलाईमा उनले सीएनबीसीलाई भनेका थिए, ‘मेरा आमाबाबु दुबै युरोपेली युनियनका मुलुकमा जन्मेका हुन् । मतलब, मेरी आमाको जन्म स्कटल्याण्डमा भएको थियो भने बाबुको जन्म जर्मनीमा भएको थियो ।

अमेरिका प्रवेश गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका हजुरबुबाको जन्म भने जर्मनीमा भएको थियो । राष्ट्रपति ट्रम्पका बाबुको जन्म भने न्यूयोर्क शहरको ब्रन्जमा भएको थियो ।

यसअघि अमेरिकाको स्मोकिङ गन नामक वेबसाइटले राष्ट्रपति ट्रम्पका बाबुको जन्मदर्ताको प्रमाणपत्र सार्वजनिक गर्दै उनको जन्म १९०५ अक्टोबर ११ का दिन ५३९ इष्ट, १७७ स्ट्रिट ब्रन्ज, न्यूयोर्क शहरमा भएको उल्लेख थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ४१ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई