ओली – प्रचण्ड वार्ता आज पनि « Khabarhub

ओली – प्रचण्ड वार्ता आज पनि


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता हुँदै छ ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका अध्यक्षद्वय आज पनि वार्तामा बस्न लागेका हुन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । नेताहरूबीच सहमति भएपछि मात्रै  स्थायी कमिटी बैठक बस्ने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टी दुबै असफल एवं अलोकप्रिय भएको निचोडसहित अधिकांश स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पद छोड्न दबाब दिएपछि नेकपा फुटनजिक पुगेपछि श्रृंखलाबद्ध वार्ता जारी छ ।

तर, आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने तर सरकार नछाड्ने र पार्टीको सेरमोनियल अध्यक्षको भूमिकामा रहने बताएपछि नेताहरूले त्यसमा सहमतिको विन्दु पहिल्याउन गृहकार्य सुरू गरेका छन् ।

त्यसैको तयारीस्वरूप ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागीको अनौपचारिक कार्यदल समेत बनाइएको छ । कार्यदललाई सहमतिको खाका बनाउने म्यान्डेट दिइएको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ३७ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन