विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ « Khabarhub

विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगीको अभियोगमा कैद भुक्तान गरी छुटेका विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई बुधवार पुनः पक्राउ परेको हो ।

बस्नेतलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुमार लामाले पुष्टि गरे ।

बस्नेतविरुद्ध ठगीकै आरोपमा अर्को उजुरी परेपछि पक्राउ गरिएको एसएसपी लामाले जानकारी दिए ।

‘अहिले नयाँ उजुरी परेपछि उनी (बस्नेत)लाई पक्राउ गरिएको हो,’ लामाले खबरहबसँग भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

यसअघि घरजग्गा व्यवसाय र सहकारीमार्फत १० अर्ब बराबर ठगी गरेको अभियोगमा बस्नेत जेल चलान भएका थिए । काठमाडौं, भक्तपुर र स्याङ्जा जिल्ला अदालतको आदेशानुसार जेल गएका बस्नेत अदालतले तोकेको धरौटी बुझाएर गत जेठमा जेलमुक्त भएका थिए ।

बस्नेतविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १६ चैत २०७२ मा २ बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । काठमाडौं जिल्ला अदालतले नै अर्को ठगीको मुद्दामा ३० असार २०७३ मा ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो ।

बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा ७ मंसिर २०७२ मा २ बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको अर्बौं निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ । आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स र कोहिनुर हाउजिङमार्फत पनि उनले सर्वसाधरणलाई ठगी गरेको आरोप छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ३४ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा