कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५३९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको स्वास्थ्य सेवा माहाशाखाले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सल्यानका २ जना र सर्खुेतका १२ जना छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको परीक्षणमा सुर्खुेतका ८ जना र सल्यानका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका एकजना गरी १४ जना संक्रमित थपिएका हुन् ।

उनीहरु मध्ये ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।

यस्तै आज मात्र २८ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा हालसम्म १ हजार २७५ जना डिस्चार्ज भइसकेका छन् भने उपचारत कोरोना संक्रमितको संख्या २४९ रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ०५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग