कोरोना कहर : यो वर्षको चाइना मास्टर्स र डच ओपन प्रतियोगिता रद्द « Khabarhub

कोरोना कहर : यो वर्षको चाइना मास्टर्स र डच ओपन प्रतियोगिता रद्द


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व व्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ)ले  कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण थप दुई अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ ।

बीडब्ल्यूएफले मंगलबार चाइना मास्टर्स र डच ओपनको यो वर्षको संस्करण रद्द गर्ने निर्णय गरेको हो ।

यो वर्षको बीडब्ल्यूएफको क्यालेन्डरबाट १०० भन्दा बढी प्रतियोगिताहरु रद्द हुने अवस्था आएको विज्ञप्तिमा भनिएको छ ।

यसमा चाइना मास्टर्स २०२० तथा योनेक्स डच ओपन २०२० पनि परेका हुन् ।

चाइना मास्टर्स फेब्रुअरी २५ देखि मार्च १ सम्म आयोजना हुने तय भएको थियो । तर, महामारीका कारण दुईपटक सर्दै यो अहिले प्रतियोगिता रद्द भएको हो ।

यस्तै, डच ओपन अक्टोबर ८ देखि ११ सम्म हुने तय भएको थियो । तर, महामारी नरोकिएपछि प्रतियोगिता रद्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ०७ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक