ओली-प्रचण्ड वार्ता बालुवाटारमा जारी « Khabarhub

ओली-प्रचण्ड वार्ता बालुवाटारमा जारी


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बालुवाटारमा सुरु भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षले वार्तालाई आज पनि निरन्तरता दिएका हुन् ।

पार्टीभित्रको विवाद समाधान गर्न भन्दै नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित भएको छ । यसअघिको वार्ता दुई अध्यक्षले वार्तासँगै स्थायी कमिटी बैठक पनि जारी राख्ने समझदारी गरेपनि स्थायी कमिटी बैठक शुक्रबारलाई सारेका छन् ।

सोमबारदेखि दुई अध्यक्ष दैनिक एक्ला एक्लै छलफलमा जुटेका छन्। हिजो अस्ति ओली दाहाल छलफलमा बिहान बसेपनि बुधबार भने दाहाल दिउँसो बालुवाटार पुगेका हुन्। दुई अध्यक्षबीच बिहान पनि टेलिफोनमा कुराकानी भएको एक नेताले जानकारी दिए ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

असार १० गते सुरु भएको स्थायी समिति बैठकमा एका एक ओलीको राजीनामोको विषय प्रवेश गरेपछि दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाएका छन्। ओली भने दुवै पदबाट राजीनामा नदिने पक्षमा उभिएका छन्।

ओली र दाहालबीच २०७२ जेठ २ गते भएको सहमित कार्यान्वनय गर्ने किन गत मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्नेमा छलफल केन्द्रित रहेको नेताहरु बताउँछन्।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ४६ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी