ओली-प्रचण्ड वार्ता बालुवाटारमा जारी | Khabarhub Khabarhub

ओली-प्रचण्ड वार्ता बालुवाटारमा जारी


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बालुवाटारमा सुरु भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षले वार्तालाई आज पनि निरन्तरता दिएका हुन् ।

पार्टीभित्रको विवाद समाधान गर्न भन्दै नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित भएको छ । यसअघिको वार्ता दुई अध्यक्षले वार्तासँगै स्थायी कमिटी बैठक पनि जारी राख्ने समझदारी गरेपनि स्थायी कमिटी बैठक शुक्रबारलाई सारेका छन् ।

सोमबारदेखि दुई अध्यक्ष दैनिक एक्ला एक्लै छलफलमा जुटेका छन्। हिजो अस्ति ओली दाहाल छलफलमा बिहान बसेपनि बुधबार भने दाहाल दिउँसो बालुवाटार पुगेका हुन्। दुई अध्यक्षबीच बिहान पनि टेलिफोनमा कुराकानी भएको एक नेताले जानकारी दिए ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

असार १० गते सुरु भएको स्थायी समिति बैठकमा एका एक ओलीको राजीनामोको विषय प्रवेश गरेपछि दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाएका छन्। ओली भने दुवै पदबाट राजीनामा नदिने पक्षमा उभिएका छन्।

ओली र दाहालबीच २०७२ जेठ २ गते भएको सहमित कार्यान्वनय गर्ने किन गत मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्नेमा छलफल केन्द्रित रहेको नेताहरु बताउँछन्।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ४६ बजे

पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग

काठमाडौं– वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५

अझै कायमै छ ‘बालीघरे प्रथा’ 

भोजपुर– ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो ।

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको