एसिया कप एक वर्षका लागि स्थगित, अब श्रीलंकाले आयोजना गर्ने « Khabarhub

एसिया कप एक वर्षका लागि स्थगित, अब श्रीलंकाले आयोजना गर्ने


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) का कारण एसीसी एसिया कप २०२० तत्कालका लागि रोकिएको छ ।

बिहीबार एसियन क्रिकेट काउन्सिल (एसीसी) कार्यकारी बोर्ड बैठकले यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिने निस्कर्ष निकाल्दै तत्कालका लागि आयोजना रोक्ने निर्णय गरेको हो ।

एसीसीले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ । एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

अब २०२१ को जुनमा एसिया कप भए श्रीलंकाले आयोजना गर्नेछ । यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।

योसँगै एसिया कप आयोजनाको जिम्मा पाएको पाकिस्तानले २०२१ मा एसिया कप आयोजना नगर्ने भएको छ ।

पाकिस्तानले श्रीलंकालाई आयोजकको अधिकार सुम्पिएको एसीसीको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ११ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब