बाढी पहिरो : म्याग्दीमा ३२ जना बेपत्ता, ३५ घर पुरिए « Khabarhub

बाढी पहिरो : म्याग्दीमा ३२ जना बेपत्ता, ३५ घर पुरिए


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण म्याग्दी ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । म्याग्दीका विभिन्न स्थानका ३५ घर पुरिएका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका – ६ मराङका २१ वटा जना बेपत्ता भएका छन् । यस्तै वडा नम्बर ७ ताकममा ३ जना र मालिका गाउँपालिका ७ बिमका ८ जना बेपत्ता भएका छन् ।

मालिकाका वडा नम्बर ६ दुखुका एक जनालाई खोलाले बगाएर बेपत्ता भएको जनाइएको छ ।

धौगागिरि गाउँपालिकाका–७ ताकमका २ जना र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

यस्तै मराङका २० घर, बिमका १० घर र ताकमका ५ घर पहिरोमा पुरिएको जनाइएको छ भने मालिका गाउँपालिका–४ देवीस्थानका ५ घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले म्याग्दी र राहुघाट खोलामा जोखिम बढेपछि बेनी मंगलाघाट–७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

समितिले घर पुरिएका पीडित र जोखिममा रहेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

पहिरोले बस्ती नै घेरेकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समस्या भइरहेको छ । प्रहरी र सेनाको टोली उद्धार गर्न घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ११ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन