बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन « Khabarhub

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे जानकारी लिदै मुख्यमन्त्री राउतले जोखिम न्यूनीकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्तिगर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिवलगायत प्रदेशका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरुको सहिभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ५४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म