पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने अर्थमन्त्रीको योजना | Khabarhub Khabarhub

पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने अर्थमन्त्रीको योजना


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने योजना अघि सारेका छन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको स्पष्ट पारे ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क गरे ।

अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए ।

अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको दोहोर्‍याउँदै लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : ५२ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध