गर्भ रहेनरहेको कसरी थाहा पाउने ? « Khabarhub

गर्भ रहेनरहेको कसरी थाहा पाउने ?


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अधिकाशं महिलालाई २८ दिनको चक्रमा महिनावारी हुने गर्दछ । तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । यो समयावधी पनि सामान्य हो ।

तर, बिवाहित महिला जो नियमित सहवासमा हुन्छिन् उनको नियमित रुपमा भइरहेको महिनावारी रोकिए गर्भ रहेको शंका हुने गर्दछ ।

प्रश्न हुन्छ, महिनावारीको कतिदिनमा गर्भ रहन्छ ?

कसरी थाहा पाउने
महिनावारी भएन वा हुनुपर्ने नियमित समय अनुसार भएन भने गर्भ रहेको हुनसक्छ । तसर्थ महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा रहेको बिभिन्न प्रेग्नेन्सी टेस्ट कीटको प्रयोग गर्न सकिन्छ ।

यी कीटले महिनावारीको मिति नाघेपछि गर्भ रहेनरहेको थाहा हुन्छ । तर प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नु पर्दछ ।

यसले समान्यतया महिनावारी हुनुपर्ने मितिको २ हप्ता अर्थात अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि मात्र राम्रो नतिजा दिन्छ । तर नतिजा नआए १ हप्ता पछि फेरि टेष्ट दोहर्‍याउनु पर्छ ।

महिनावारीको कति दिनमा गर्भ रहन्छ ?

महिनावारी भएपछि महिलाको शरीरमा अर्काे अण्ड निस्किन्छ । यस्तोमा यदि ५ दिनसम्म
पीरियड चलेको भए त्यस लगत्तै पार्टनरसँग सम्बन्ध भएमा गर्भ रहने सम्भावना हुन्छ । तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।

यदि अर्काे पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।

गर्भवती हुदाँको लक्षणहरु :
– खान मन नलाग्नु
– अन्य समयमा भन्दा बढि वान्ता हुनु
– स्तन सारो वा दुखे झै हुनु
– धेरै पिसाब लाग्नु
– शरीर गल्नु, थकानको महशुस हुनु
– पेटमा ग्यास भरिए झै हुनु
– छातीमा जलन पैदा हुनु
– मुखको स्वाद बिग्रनु

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ०४ बजे

डीपी अर्याल सभामुख बन्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुख बनाउने

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी