स्ट्रेस बढ्यो ? घटाउन अपनाउनुहोस् यी ७ उपाय « Khabarhub

स्ट्रेस बढ्यो ? घटाउन अपनाउनुहोस् यी ७ उपाय


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामको चाप, थकान र कहलले मानिसमा तनाव बढाउने गर्दछ । अझ गर्मी मौसममा जाडोको तुलनामा मानिसमा अत्यधिक तनाव हुने गर्दछ ।

गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू चार्ज हुन्छन् र त्यसको आगो रिसका रूपमा बाहिर निस्कने गर्दछ । स्ट्रेसले मानिसको मनलाई अशान्त र अस्थिर बनाउँछ ।

यसले मानिसको शरीरलाई अस्वस्थ बनाउनुका साथै उसको कार्यक्षमता र मानसिक विकासमा पनि असर पार्दछ । तसर्थ गर्मी मौसममा स्ट्रेसलाई नियन्त्रण गर्नु पर्दछ । यसका लागी निम्न उपाय अपनाउन सकिन्छ ।

१. यदि तपाईमा स्ट्रेस बढेको महशुस भएमा नियन्त्रणका लागी डार्क चकलेटको सेवन लाभदायक हुन्छ । डार्क चकलेटको एउटा सानो टुक्रा मुखमा राख्नाले स्ट्रेस कम हुन्छ ।

२. भिटामिन बी १२ को कमीले पनि मानिसमा स्ट्रेसको स्तर बढ्ने गर्दछ । तसर्थ दूध, पनि र, दही र अण्डा लगायतका भिटामिन बी १२ पाउने खानेकुरा खानु पर्दछ ।

३. मकै, ओखर र रसबरीको सेवनले पनि स्ट्रेस कम हुन्छ । यी चीजमा ओमेगा–३ युक्त प्रोटिन र अमिनो एसिड हुने भएकाले यसले मूड सही बनाउँछ ।

४. दाल, सोयाबीन, ओटमील, सनफ्लावरका दानाले सेरोटोनिन हर्मोन बढाउन मद्दत गर्दछ । यसले मानिसलाई सकारात्मक बनाउन सहयोग गर्दछ ।

५. केरामा प्राकृतिक चिनी र पोटेसियम पर्याप्त मात्रामा पाइन्छ । यसको सेवनले चिन्ता कम गराउँनुका साथै मानिसलाई पौष्टिकताको पनि काम गर्दछ ।

६. बिहान उठेर केहिबेर घाममा बस्दा यसबाट भिटामिन डी पाउनुको साथै यसले अनावश्यक स्ट्रेसलाई विलिन गराउँछ ।

७. स्ट्रेस कम गर्न सबैभन्दा भरपर्दो विकल्प भने परिवारसँगको घुलमिल हो । परिवारसँग मिलेर घरभित्र लामो कुरा गर्ने, खेल खेल्ने, हास्ने, बच्चाहरुसँग रमाइलो खेल खेलेमा पनि चमत्कारिक रुपमा स्ट्रेस कम हुन्छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : १९ बजे

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी