सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही, साढे ६७ करोड राजस्व संकलन « Khabarhub

सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही, साढे ६७ करोड राजस्व संकलन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो । तुलानात्मकरुपमा अघिल्लो आवभन्दा गएको आवमा रु चार करोड ८१ लाख ६२ हजार ६३२ ले कम राजस्व सङ्कलन भएको लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिए ।

सङ्कलित राजस्वमा घर जग्गा रजिष्ट्रेशन, बैंक दृष्टि, रोक्कालगायतबाट रु ४६ करोड ३३ लाख ७४ हजार नौ, पूर्जा बिक्रीतर्फ रु दुई लाख २४ हजार २५०, बेरुजु दाखिलातर्फ रु पाँच लाख ४५ हजार ५१६, पूँजिगत लाभकार रु २० करोड ९७ लाख चार हजार ६३३, न्यायिक दस्तुर रु चार लाख ८९ हजार ४५७ र अन्यबाट रु दुई लाख २० हजार १३ रहेको छ ।

कोरोनाको महामारीका कारण नेपाल सरकारले गएको चैत ११ गते घोषणा गरेको बन्दाबन्दीले धेरै समयसम्म कार्यालयमा सेवाग्राही नआएकाले मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वमा पनि असर परेको अधिकृत श्रेष्ठले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०७६/७७ मा रु तीन करोड १९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । यी राजस्व सवारी नियम उल्लङ्घन गरेका कारण कारवाहीस्वरुप ट्राफिक प्रहरीले असुल गरेको छ ।

कारवाहीमा परेका १० हजार ७७० ट्रकबाट रु ६३ लाख ६६ हजार, तीन हजार ९१ बसबाट रु २२ लाख २९ हजार, जीप/कारबाट १० हजार १७२ बाट रु ५७ लाख १८ हजार, छ हजार ५१ ट्रयाक्टरबाट रु ३७ लाख नौ हजार तथा मोटरसाइकल १९ हजार ३०४ थानबाट रु एक करोड १५ लाख ८६ हजार ५०० छन् ।

मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउँदा दुई हजार १६५ जना, नो पार्किङ स्थानमा सवारीसाधन पार्किङ गर्दा एक हजार १६१ जनासहित तीन हजार ९२१ जना कारवाही रु २३ लाख ८७ हजार जरिवाना असुल गरेको ट्राफिक प्रहरी निरीक्षक राकेश पोद्दारले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : १८ बजे

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त