मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा सापकोटाले जिते स्वर्ण « Khabarhub

मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा सापकोटाले जिते स्वर्ण


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन् ।

उनले तेक्वान्दोको ४० वर्षमाथि उमेर समूहअन्तर्गत पुम्से विधामा स्वर्ण जितेका हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काका अनुसार प्रतियोगितामा सहभागी प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५ देखि १७ वर्ष उमेर समूहमा रजत जितेका छन् ।

१०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य पदक हात पारे । पदक विजेता सबै खेलाडी एनटीएका हुन् । एनटीएबाट जम्मा ८ खेलाडीले सहभागिता जनाएका थिए । तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडीको सहभागिता रहेको खड्काले जानकारी दिए ।

जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ४८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको