एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति « Khabarhub

एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टी र विवेकशील नेपाली दलले पुन: एकताका लागि वार्ता समिति बनाएका छन् ।

साझाले आइतबार बसेको केन्द्रीय समितिको अनलाइन बैठकले विचार मिल्ने पार्टी तथा समूहसँग एकीकरणका लागि भन्दै वार्ता समिति बनाएको हो । वार्ता टोलीमा समीक्षा बाँस्कोटा, केशव दाहाल, किरणकृष्ण श्रेष्ठ सदस्य छन् ।

बैठकका निर्णयबारे साझाका सहप्रवक्ता शरदराज पाठकले भने, ‘पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियाका लागि वार्ता समिति गठन गरेका छौं ।’

विवेकशीलले यसअघि नै ३ सदस्यीय वार्ता टोली बनाएको थियो । समितिमा रमेश पौडेल, निर्देश सिलवाल र रन्जु दर्शना छन् ।

पार्टी एकताका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले विचार मिल्नेसँग एकता गर्न पार्टीमा संयोजकमात्रै राखेर अन्य संरचना भत्काउनु पर्ने प्रस्ताव राखेका थिए ।

आइतबारको केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि आचार्य र खनालले पार्टी नै छाडेका हुन् । तर सहप्रवक्ता पाठकले आचार्यले पार्टी नत्यागेको र खनालले राजीनामा दिएको दाबी गरे ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : ४७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर