कोरोना परीक्षण गराउन आउनू भन्ने म्यासेज आएको छ ? सावधान ! « Khabarhub

कोरोना परीक्षण गराउन आउनू भन्ने म्यासेज आएको छ ? सावधान !



काठमाडौं– कतै तपाईंको मोबाइल फोनमा ‘तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले परीक्षणका लागि आउनुहोला’ भन्ने म्यासेज आएको त छैन ?

आएको छ भने सावधान हुनुहोस् । कुनै ठगले तपाईंलाई निशाना बनाएको हुनसक्छ ।

अहिले कोरोना भाइरसको संक्रमण फैलिएको मौका छोपेर ठगहरू सल्बलाउन थालेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का अनुसार केही दिनदेखि मोबाइलमा यस्तो म्यासेज पठाएर ठगहरूले धन्दा सुरु गरेका छन् ।

सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार, विभिन्न एप्स प्रयोग गरी मोबाइल फोनमा तपाईंलाई ‘कोरोना पोजेटिभ भएकाले परीक्षण गर्न आउनुहोला नत्र १५ हजार ५५० रुपैयाँ जरिवान गरिने छ’ भन्ने सूचना एसएमएसबाट पठाएको उजुरी परेपछि ठगी धन्दाको रहस्य खुलेको हो ।

कस्तो आउँछ एसएमएस ?

सीआइबीमा पुगेको उजुरी अनुसार विभिन्न व्यक्तिको मोबाइलमा ‘हाम्रो रेकर्ड अनुसार तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले तपाईं आफैँलाई क्वारेन्टिन गर्न हुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ ।

कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईंको उपस्थिति अनिवार्य छ अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’ भन्ने म्यासेज आएको पाइएको छ ।

यस्तो म्यासेज आएको भन्दै उजुरी परेपछि सीआइबीले गरेको अनुसन्धानबाट यो एसएमएस ठगीधन्दा भएको खुलेको हो । ब्यूरोका प्रवक्ता एसपी पाण्डेका अनुसार, यस्ता एसएमएस व्यक्तिबाट व्यक्तिको मोबाइलमा नभएर एप्सको प्रयोग गरी पठाउने गरेको भेटिएको छ । यस्तो एसएमएस अंग्रेजी भाषमा आएको आएको पाइएको छ ।

यस्तो एसएमस आए के गर्ने ?

सीआइबीका प्रवक्ता पाण्डेका अनुसार यस्तो एसएमएसबाट ठगी हुनसक्ने भएकाले बेवास्ता गर्नुपर्छ ।

आफ्नो विवरण पठाउन हुँदैन । एसएमएस मार्फतप्राप्त लिंकहरू क्लिक गर्नु हुँदैन र निरन्तर एसएमएस आएमा प्रहरीमा उजुरी गर्नुपर्छ ।

ब्यूरोले यस्ता म्यासेज ठगी गर्ने र झुक्याउने आपराधिक मनोवृत्तिका व्यक्तिले हानीनोक्सानी पु¥याउने सक्नेतर्फ मोबाइल फोन प्रयोगकर्तालाई सतर्क रहन भनेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ५२ बजे

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं– नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ